सांसदहरुले पुस ७ मा शपथ लिने

काठमाडाैं | पुस ४, २०७९

सांसदहरुले पुस ७ मा शपथ लिने

 काठमाडौं:  संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो ।


सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् ।


निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध गराएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको सांसदहरुको विवरणलाई मात्रै आधार नमानेर संसद सचिवालयले सम्भावित ज्येष्ठ सदस्यहरुको नागरिकता नै मगाएर अध्ययन गरिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।


सांसदहरुको शपथ भने नयाँ वानेश्नर स्थित संसद भवनमै हुनेछ । शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् ।

 

हेर्नुहोस् संघीय संसद सचिवालयको सूचना: 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्